राष्ट्रियसभा प्रतिनिधिसभाको छायाँ बन्नु हुँदैन : झक्कु सुवेदी
काठमाडौँ । राष्ट्रियसभा सदस्य झक्कु सुवेदीले सरकार परिवर्तनलाई स्वभाविक रुपमा लिन आवश्यक रहेको बताएका छन् । बिहीवार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालका यावत समस्या समाधान गर्न सबैको भूमिका निर्णायक हुने बताए । उनले राष्ट्रियसभा सदस्यहरुको भूमिका कानुन निर्माण भएको पनि बताए । उनले राष्ट्रियसभा सदस्यहरुको भूमिका कानुन निर्माणसँगै विकास निर्माण र राजनीतिक भूमिकामा पनि जोडिने बताए ।
उनले भने, ‘सरकारहरु बन्छन्, परिवर्तन हुन्छन्, हामी हिँड्दा पनि त दुई खुट्टाले हिँड्छौँ कहिले दायाँ र कहिले बायाँ । चार दिनअघिसम्म देशले, सरकारले दायाँ कदम चाल्यो । चार दिनयता बायाँ कदम चाल्यो । यसलाई स्वभाविक रुपमा लिनुपर्छ’ सुवेदीले भने, ‘हिजो वामपन्थी र लोकतान्त्रिकहरुको सरकार थियो, अहिले वामपन्थीहरको वर्चश्व रहेको सरकार छ । हामीलाई लाग्छ, नेपालका यावत समस्या समाधान गर्नेमा यसको निर्णायक भूमिका हुन्छ ।’
उनले प्रतिनिधिसभा र राष्ट्रियसभा फरक भएकाले प्रतिनिधिसभाको छायाँ राष्ट्रियसभा बन्नु नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण