बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रहरी हेडक्वार्टर निरीक्षण गर्न पुगे गृहमन्त्री रवि लामिछाने

आइतबार, २७ फागुन २०८०, ११ : ०९
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रहरी प्रधान कार्यालयमा पुगेका छन् । उनले नक्साल स्थित प्रहरी प्रधान कार्यालयको निरीक्षक गरेका हुन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा दोस्रो पटक उपप्रधान एवम् गृहमन्त्री भएका उनले प्रधान कार्यालयबाट देशभरका जिल्ला प्रहरी प्रमुख र प्रदेशका डिआइजीहरूलाई निर्देशन सम्बोधन गर्दैछन् ।

लामिछाने पहिलोपटक ११ पुस २०७९ मा गृहमन्त्री भएका थिए । फागुन २३ मा उनले दोस्रो पटक उपप्रधान एवं गृहमन्त्रीको शपथ लिएका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप