आफ्नै एआई च्याट टुल बनाउँदै भारत
मङ्गलबार, २९ फागुन २०८०, १२ : ३०
नयाँ दिल्ली । कृत्रिम बौद्धिकता (एआई)को प्रयोग पछिल्लो समय हरेक क्षेत्रमा भइरहेको छ । यस मामिलामा भारतसँग अहिलेसम्म कुनै आधिकारिक एआई टुल छैन । तर अब छिट्टै भने भारत सरकारसँग आफ्नै एआई टुल हुने सम्भावना छ ।
केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले आफ्नो एक बयानमा यस्तो बताएका हुन् । आफूहरूले आफ्नै मूलभूत भारतीय मोडल विकास गर्ने उनले भनेका छन् । अहिले दुनियाँभरमा च्याटजीपीटी र ओपनएआईको बारेमा कुरा भइरहेको छ ।
भारतले भने आफ्नै भाषा र आफ्नै घरेलु डेटा सेटमा आधारित भएर एआई मिसन सुरु गर्ने र भारतमा डिजाइन र तयार पारिएको सार्वभौम एआई मोडल बनाइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण