तलबको माग गर्दै फतुवा विजयपुरका शिक्षक–कर्मचारी पुनः धर्नामा
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गतका शिक्षक कर्मचारी तलबको माग गर्दै पुनः धर्नामा बसेका छन् । पर्व होली आउन मात्र १० दिन बाँकी छँदा तलब पाउने सम्भावना नदेखिएको कारण त्यहाँका शिक्षक कर्मचारी पुनः आन्दोलित भएका हुन् । नगरक्षेत्र अन्तर्गतका शिक्षक र शिक्षिकाहरू आज कार्यालय समय सुरु हुनासाथ बिहान १० बजेदेखि नगरपालिका अगाडि धर्नामा बसेका छन् ।
नगरपालिकाका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतले पटक पटक तलब पठाउने आश्वासन मात्र दिएको तर यस आर्थिक वर्षमा कुनै पनि विद्यालयका शिक्षकले हालसम्म तलब नपाएको कारण बाध्य भएर धर्ना बस्नुपरेको शिक्षक अशोक जैसवालले गुनासो गरे।
फतुवा विजयपुर नगरपालिका अन्तर्गत कार्यरत शिक्षक कर्मचारी गरी ३५० भन्दा बढीले विगत ९ महिनादेखि तलब भत्ता पाउन नसकेको शिक्षक जैसवालले जानकारी दिए ।
निर्वाचित केहि जनप्रतिनिधिहरूले बजेटको भागबन्डाको विषय लिएर बदमासी गरेको कारण वर्षको चाड पर्व होलीको मुखमा शिक्षक कर्मचारी लगातार नौ महिना देखि तलब पाउन नसकेको नगर शिक्षक संघका अध्यक्ष राधेश्याम प्रसाद यादवले बताए।
फतुवा विजयपुर का प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले पाँच दिनभित्र जुन हालतमा पनि शिक्षक र कर्मचारीको तलब निकासा हुने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण