बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

रास्वपाप्रति इंगित गर्दै शर्माले भने— चुनावअघि ‘नो नट अगेन’, अहिले ‘अगेन एन्ड अगेन’ (भिडियो सहित)

बुधबार, ३० फागुन २०८०, १३ : ३३
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि कटाक्ष गरेका छन् । प्रधानमन्त्रीले संसद्‍मा राखेको विश्वासको प्रस्तावको विपक्षमा बोल्दै सांसद शर्माले नयाँ राजनीतिक दलहरू परिपक्व हुँदै गएको बताएका हुन् । 

पुराना नेताहरूलाई अब प्रधानमन्त्री बनाउनुहुन्न भन्नेहरू तिनै नेताहरूलाई प्रधानमन्त्री बनाउन कुदिरहेको शर्माले बताए । ‘नयाँ दल बनाएर बडो उत्साहका साथ आएका साथीहरूको उत्साहलाई सम्मान गर्नुपर्छ । नयाँ दललाई कल्पनाको आकाशबाट वास्तविकताको जमिनमा ल्याउनुभएको छ, व्यवहारिक बनाउन खोजेको अवस्था छ । उत्साह हुन्छ, हुनुपर्छ तर त्यो व्यवहारिक जमिनमा आउनुपर्छ,’ उनले भने । 

नयाँ राजनीतिक दलहरू कल्पनाको आकाशबाट वास्तविकताको धरातलमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूमिका खेलेको उनको भनाइ थियो । शर्माले भने, ‘चुनावमा जाँदा नो नट अगेन, कुनै यी देखिएका बूढा अनुहार प्रधानमन्त्री बन्नुहुन्न अनि कहिले बालुवाटार कहिले खुमलटार, अहिले त अगेन एन्ड अगेन, सरकारमा फेरि पनि फेरि पनि ।’

मिसन २०८४ लिएर हिँडिरहेका नयाँ दलहरूलाई वर्तमानतिर ध्यान दिन उनको आग्रह छ । ‘यो देशमा केही भएको छैन, २०८४ मा हामी आउँछौं र बनाउँछौं भन्ने दलहरू विभिन्न परियोजनाको पदयात्रामा जाँदा देशमा केही भएको होइन कि केही भइरहेको छ तर ढिलो भइरहेको छ भन्ने उनीहरूमा ज्ञान आएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप