आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'पेट्रोलियम पदार्थ अन्वेषणको समान भन्सार नाकामा रोकियो'

बिहीबार, ०१ चैत २०८०, १२ : ११
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीता कुमारी रानाले दैलेखमा पेट्रोल पदार्थ अन्वेषणका लागि ल्याएको ड्रिल मेसिनलगायत समान नेपालगन्जको भन्सारमा रोकिएको बताएकी छिन् । 

प्रतिनिधिसभा बैठकमा बोल्दै रानाले चीनबाट भारतको कलकत्ता हुँदै नेपालगन्ज आइपुगेको सामान भन्सारमा छुट पत्र उपकरणको नाम फरक परेको कारणले रोकिएको भन्दै सरकारले तत्कालै समस्या समाधान गरेर समान छुट गराउनुपर्ने बताइन् । 

उनले ती समान भन्सार नाकादेखि दैलेख सम्म पुर्याउन ७÷८ दिन लाग्ने र उपकरण हप्तौँ दिनसम्म रोकिँदा अन्वेषणको काम रोकिएको उल्लेख गरिन् । रानाले भनिन्,‘ मैले सिडिओलाई बुझ्दा १० ट्रक समान रोकिएको रहेछ । प्रक्रिया मिलाएर रोकिएको सामान छुटाई पेट्रोलियम अन्वेषणको काम सुचारु गराउन सरकारको ध्यानाकर्षण गराउँछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप