कार्यदलमा दलहरूबाट सुझाव पेस, शुक्रबार अन्तिम रूप दिइने
बिहीबार, ०१ चैत २०८०, १९ : ५३
काठमाडौँ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि सुझाव दिन बनेको कार्यदलमा साझा नीति तथा कार्यक्रमबारे छलफल भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा गठबन्धन दलहरूले आ–आफ्ना सुझाव दिएको एकीकृत समाजवादीका उपाध्यक्ष एवं कार्यदल सदस्य प्रमेश हमालले जानकारी दिए ।
‘आजको बैठकमा अध्ययनका लागि दलहरूले आ–आफ्ना सुझवसहितका ड्राफ्ट एक आपसमा आदान प्रदान गरेका छन् । भोलि फेरि बसेर यसलाई अन्तिम रूप दिन्छौँ’, उनले भने ।
बैठक शुक्रबार बिहान ९ बजे अर्थ मन्त्रालयमा बस्ने हमालले बताए । फागुन २१ गते एमाले– माओवादीसहित नयाँ सत्ता समीकरण बनेपछि २७ गते १० सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा एमाले, माओवादी, एकीकृत समाजवादी, रास्वपा र जसपाबाट २/२ जान सदस्य रहेका छन् । कार्यदलको संयोजक एमालेका उपाध्यक्ष विष्णु पौडेल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण