बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यदलमा दलहरूबाट सुझाव पेस, शुक्रबार अन्तिम रूप दिइने

बिहीबार, ०१ चैत २०८०, १९ : ५३
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि सुझाव दिन बनेको कार्यदलमा साझा नीति तथा कार्यक्रमबारे छलफल भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा गठबन्धन दलहरूले आ–आफ्ना सुझाव दिएको एकीकृत समाजवादीका उपाध्यक्ष एवं कार्यदल सदस्य प्रमेश हमालले जानकारी दिए । 

‘आजको बैठकमा अध्ययनका लागि दलहरूले आ–आफ्ना सुझवसहितका ड्राफ्ट एक आपसमा आदान प्रदान गरेका छन् । भोलि फेरि बसेर यसलाई अन्तिम रूप दिन्छौँ’, उनले भने ।

बैठक शुक्रबार बिहान ९ बजे अर्थ मन्त्रालयमा बस्ने हमालले बताए । फागुन २१ गते एमाले– माओवादीसहित नयाँ सत्ता समीकरण बनेपछि २७ गते १० सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा एमाले, माओवादी, एकीकृत समाजवादी, रास्वपा र जसपाबाट २/२ जान सदस्य रहेका छन् । कार्यदलको संयोजक एमालेका उपाध्यक्ष विष्णु पौडेल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप