सीजीद्वारा एसी सर्भिस क्याम्प घोषणा
काठमाडौँ । सीजी ब्रान्डले आफ्नो फ्री एसी सर्भिस क्याम्प अफर ल्याएको छ । सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प २०८० घोषणा गरेको हो।
यस क्याम्पमा ग्राहकहरूको एसी मर्मत, खरिद वा एक्सचेन्ज गर्नु परेमा टोल फ्री फोन नं १६६००१०२२११ व ०१५९७०१२२ मा फोन गरि वा इमेल [email protected] मार्फत सेवा अपोइन्टमेन्टको लागि बुक गर्न सक्नेछन्। यस अफरको मुख्य विशेषता भनेको कुनै मर्मत सेवा शुल्क नलाग्ने, स्पेयर पार्ट्समा ५०५ सम्मको छुट, एक्सचेन्जमा ५०५ सम्मको अतिरिक्त मूल्याङ्कन र नयाँ एसी खरिद गर्दा २०५ सम्मको छुट दिने रहेको छ। यस अफर मार्फत ग्राहकले जुनसुकै ब्राण्डको जुनसुकै अवस्थाको एसी एक्सचेन्ज गर्न सक्नेछन् । अब ग्राहकहरूले सीजी इलेक्सको वेबसाइट मार्फत आफैले आफ्नो सामानको मूल्याङ्कन गर्न सक्नेछन् ।
सीजी ब्रान्डका दक्ष तथा प्रशिक्षित मेकानिक्सहरूले एसी सेवा शिविर सञ्चालन गर्नेछन् र कर्मचारीहरूले नयाँ एसीहरूको आदानप्रदान र खरिदमा सहयोग गर्नेछन्। सीजी ब्राण्डका नेपालभर आफ्नै शोरुमहरू मार्फत उत्पादन र सेवा दिँदै आएको छ साथै भविष्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण