सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा उपाध्याय

सोमबार, ०५ चैत २०८०, ०८ : ५६
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त भएका छन् । गत फागुन २४ गते बसेको ६३ औँ बोर्ड बैठकले कम्पनीको अध्यक्षमा उपाध्यायलाई नियुक्त गरेको हो । 

फागुन ३० गते आयोजित शपथ ग्रहण समारोहमा उपाध्यायले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टबाट शपथ ग्रहण गरेका थिए ।

शपथ ग्रहण समारोहपछि नवनियुक्त अध्यक्ष उपाध्यायले खुसी व्यक्त गर्दै, वित्तीय समावेशीकरण र आर्थिक सशक्तीकरणमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको पहलहरूले आफू उत्साहित भएको बताए ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप