‘उपहार’ले थाल्यो अमेरिकामा प्रदर्शन
काठमाडौंँ । ‘उपहार’ ज्ञानेन्द्र देउजा निर्देशित फिल्म हो । २५ फागुनबाट नेपालमा प्रदर्शनमा आएको फिल्मको विदेश प्रदर्शन सुरु भएको छ । फिल्मले विदेश प्रदर्शन अमेरिकाको कोलोराडो राज्यबाट सुरु गरेको कार्यकारी निर्माता बलराम शाही ठकुरीले बताए । ठकुरीका अनुसार फिल्मको पहिलो शोमा हाउस फुल भएको छ । शो नपाएर कतिपय दर्शक फर्किएका थिए । दर्शकको मागलाई मध्यनजर गर्दै त्यहाँ १९ मार्चमा अर्को शो राखिएको छ ।
त्यस्तै अमेरिकाको विभिन्न राज्यमा पनि फिल्म प्रदर्शनको पहल भैरहेको छ । ‘उपहार’ नेपालमा भने दोस्रो सातामा प्रदर्शनरत छ । अभिनेत्री रेखा थापाको ५ वर्षपछि निर्माण तथा अभिनयमा कमब्याक रहेको फिल्ममा रेखा थापाका अलवा पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।
फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । विष्णु कल्पित घिमिरेको छायांकन रेहको फिल्ममा मित्र डी गुरुङको सम्पादन छ । फिल्ममा अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण