सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न

सोमबार, ०५ चैत २०८०, १४ : २१
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुर्खेतमा आयोजित साधारण सभामा सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तव्य सहित कम्पनीको वार्षिक प्रतिवेदन पेस गरेकामा सभाले सर्वसम्मत पारित गरेको छ । 

उक्त सभाबाट सर्वसाधारणलाई कम्पनीको साधारण शेयर निष्कासन गर्ने तथा सो कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै सभामा संस्थापक समूहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहित करण वैध र विदुर पुरी कम्पनीको सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् । 

साथै यसअघि नै स्वतन्त्र सञ्चालकमा पवित्र लाल चुकेलाई नियुक्त गरिएको छ । सभाले आ.व. २०७९।०८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आ.व. २०८०।०८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्तिको  प्रस्ताव समेत पारित गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप