आईपीएलकै बिचमा विश्वकप खेल्न भारतीय टोली अमेरिका प्रस्थान गर्ने
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करण हाल भारतमा जारी छ । आईपीएलको फाइनल खेल मे २६ तारिखमा खेलिने छ । उता, आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण जुन १ तारिखमा अमेरिका र वेस्ट इन्डिजमा सुरु हुनेछ ।
अर्थात, आईपीएलको १७औँ संस्करण सकिएको पाँच दिनपछि नै टी–२० विश्वकप सुरु हुने तालिका रहेको छ । अहिले भारतीय टोलीका अधिकांश चर्चित खेलाडी आईपीएलमा ब्यस्त छन् । यस्तो स्थितिमा भारतीय टोलीका खेलाडी कसरी हतारमा विश्वकपमा सहभागी हुन अमेरिका पुग्छन् त ?
धेरै भारतीय क्रिकेट विश्लेषकले यस विषयमा प्रश्न गरिरहेका छन् । समर्थकको निरन्तरको जिज्ञासापछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल जारी रहेकै अवस्थामा आफ्नो टोली टी–२० विश्वकपमा सहभागी हुन अमेरिका पुग्ने दाबी गरेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार, भारतीय टोली विश्वकपमा सहभागी हुन आगामी मे २१ तारिखमा अमेरिका प्रस्थान गर्ने भएको छ । आईपीएलको ‘प्ले अफ’ चरणमा पुग्ने टोलीमा आबद्ध खेलाडीहरु भने केही समयपछि अमेरिका पुग्नेछन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टी–२० विश्वकपका लागि टोली घोषणा गर्ने अन्तिम मिति मे १ तारिखका लागि तोकेको छ । टी–२० विश्वकपमा २० वटा टोलीको सहभागिता रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण