अमेरिकाले एमडीएचको ३१ प्रतिशत मसला पठायो फिर्ता
नयाँ दिल्ली । भारतीय मसला उत्पादक कम्पनी एमडीएचलाई झट्का लागेको छ । कम्पनीका केही उत्पादनमा विषालु तत्त्व भेटिएको भन्दै हङकङ र सिंगापुरले विक्री वितरण र खपतमा रोक लगाएकै बेलामा अमेरिकाबाट पनि राम्रो खबर आएको छैन । साल्मोनेला विषाक्त भन्दै अमेरिकाले महाशियान दि हात्ती (एमडीएच) प्रा. लि. ले त्यहाँ पठाएका केही मसलाहरू फिर्ता पठाइदिएको छ ।
इन्डियन एक्सप्रेसमा छापिएको खबरका अनुसार पछिल्लो छ महिनामा अमेरिकी भन्सार अधिकारीहरूले एमडीएचका ३१ प्रतिशत मसला फिर्ता पठाएका छन् । यो दर गत वर्ष १५ प्रतिशत मात्रै थियो । एफडीएले सन् २०२३ मा साल्मोनेला पोजेटिभ भन्दै एभरेस्टको मसला फिर्ता लैजान आदेश दिएको थियो । सिंगापुर र हङकङले मसलाको मिश्रणमा कार्सिनोजेनिक कीटनाशकहरू फेला परेको भन्दै एमडीएच र एभरेष्टका केही प्रडक्टको विक्री रोकेकै समयमा साल्मोनेला प्रदुषणका कारण अमेरिकामा अस्वीकार दर बढिरहेको खबर आएको हो ।
रोयटर्समा छापिएको खबरका अनुसार अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले एमडीएच र एभरेष्ट उत्पादनबारे जानकारी सङ्कलन गरिरहेको छ । यस्ता खबरहरूबारे एफडीए सचेत रहेको र यस अवस्थाबारे थप जानकारी सङ्कलन गरिरहेको एफडीएका प्रवक्ताले शुक्रबार रोयटर्सलाई भनेका थिए । हङकङ र सिंगापुरमा मसलाको विक्री र खपतमा रोक लगाएपछि भारतले पनि घरेलु लोकप्रिय मसला ब्रान्डहरूको गुणस्तर मापदण्डबारे छानबिन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण