मेक्सिकोमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु
सोमबार, १७ वैशाख २०८१, १३ : ५३
मेक्सिको सिटी । मेक्सिकोमा भयानक सडक दुघर्टना भएको छ । अधिकारीहरूले बताएअनुसार आइतबार मेक्सिकोको मालिनल्को राज्यमा यात्रुहरू सवार बस दुघर्टनाग्रस्त बनेको थियो । बस गुआनाजुआटो राज्यको सान लुइस डे ला पाजबाट यात्रु बोकेर गइरहेको थियो । यस दुर्घटनामा १४ जनाको मृत्यु भएको बताइएको छ । घाइतेहरूको सङ्ख्या ३१ जना रहेको छ ।
घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको र उनीहरूको उपचार भइरहेको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक छ । बिहान आफ्नो गन्तव्यतर्फ जाँदै गरेको बस क्यापुलिन–चाल्मा राजमार्गमा पल्टिएको थियो ।
बस के कारणले पल्टियो भन्ने खुल्न सकेको छैन । सन् २०२० यता मेक्सिकोमा सडक दुघर्टना बढेका छन् । सन् २०२२ मा त्यहाँ सडकमा परेर ३ लाख ७७ हजार २३१ जनाको मृत्यु भएको त्यहाँको सरकारी तथ्याङ्क कार्यालयको तथ्यांकले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण