मेक्सिकोमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु
सोमबार, १७ वैशाख २०८१, १३ : ५३

मेक्सिको सिटी । मेक्सिकोमा भयानक सडक दुघर्टना भएको छ । अधिकारीहरूले बताएअनुसार आइतबार मेक्सिकोको मालिनल्को राज्यमा यात्रुहरू सवार बस दुघर्टनाग्रस्त बनेको थियो । बस गुआनाजुआटो राज्यको सान लुइस डे ला पाजबाट यात्रु बोकेर गइरहेको थियो । यस दुर्घटनामा १४ जनाको मृत्यु भएको बताइएको छ । घाइतेहरूको सङ्ख्या ३१ जना रहेको छ ।
घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको र उनीहरूको उपचार भइरहेको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक छ । बिहान आफ्नो गन्तव्यतर्फ जाँदै गरेको बस क्यापुलिन–चाल्मा राजमार्गमा पल्टिएको थियो ।
बस के कारणले पल्टियो भन्ने खुल्न सकेको छैन । सन् २०२० यता मेक्सिकोमा सडक दुघर्टना बढेका छन् । सन् २०२२ मा त्यहाँ सडकमा परेर ३ लाख ७७ हजार २३१ जनाको मृत्यु भएको त्यहाँको सरकारी तथ्याङ्क कार्यालयको तथ्यांकले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली राष्ट्रिय यू–१६ क्रिकेट टोलीको बिदाइ
-
सिंहदरबारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक
-
एमआरपीका ९२ कम्पनीलाई करोड बढी जरिवाना, अझै कडाइ गर्ने विभागको अडान
-
अख्तियारको सेलेक्टिभ न्याय : ‘ठुला माछा’ फसेको काण्डमा यसरी उम्किए रामदेव र बालकृष्ण
-
डोटीमा बोलेरो जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
-
सङ्कटमा थाई प्रधानमन्त्रीको कुर्सी, के हो विवाद ?