बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरौँ : सांसद बास्कोटा
काठमाडौँ । नेकपा एमालेका नेता एवम् सांसद गोकुल बास्कोटाले विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता पुनर्लेखन गर्न अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका छन् । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले ल्याएको सिद्धान्त तथा प्राथमिकतामाथि छलफल गर्नुभन्दा पहिला यसैलाई मानेर जाने कि अर्को चाहिने हो पहिलो स्पष्ट हुनुपर्ने उनले बताए ।
‘अर्थमन्त्री ज्यूले यहीँ सिद्धान्त तथा प्राथमिकतालाई अपनत्तो लिने हो कि अर्को चाहिने हो ?’ प्रश्न गर्दै सांसद बास्कोटाले भने, ‘यसैलाई मानेर जाने हो भने त कुरै अर्को भयो । यसले समाजवाद होइन पुँजीवादको पक्षपोषण गरेको स्पष्ट छ । होइन भने, विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता पुनर्लेखन गर्न म अर्थमन्त्री ज्यूलाई सुझाव दिन्छु । यो सिद्धान्त तथा प्राथमिकता टुहुरो मात्र होइन बेवारिसे नै भयो ।’
नव गठित सत्ता गठबन्धनलाई यो वा त्यो बहानामा सुस्त हुने छुट नभएको भन्दै सांसद बास्कोटाले बाटो र लक्ष्य यकिन गरेर काममा लाग्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण