कांग्रेस सांसद राणाले गृहमन्त्रीलाई ‘आफैँ झाँक्री आफैँ बोक्सी’ भनेपछि एमाले सांसदको नियमापत्ति
काठमाडौँ । नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले प्रतिनिधिसभा बैठकमा असंसदीय शब्द बोलेपछि एमाले सांसद प्रतीक्षा तिवारीले नियमापत्ति गरेकी छिन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद राणाले बजेटका सिद्धान्त र प्राथमिकतामाथि आफ्नो विचार राख्नेक्रममा गृहमन्त्री रवि लामिछानेमाथि कटाक्ष गरेका थिए ।
उनले अर्थतन्त्रलाई चलायमान गराउन सहकारीको पनि भूमिका रहेको बताए । धेरै नेपालीमा सहकारीप्रतिको भरोसा गुमेको बताउँदै ठगीमा गृहमन्त्री समेत जोडिएकोले निष्पक्ष छानबिन हुन नसक्ने बताए ।
सांसद राणाले भने– ‘यो के हो भनेर निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अप्ठेरो हुन्छ । धेरै नेपाली नागरिकहरूले पीडा पाएका छन् । यसमा छिटोभन्दा छिटो छानबिन गर्न आवश्यक छ । अहिले झाँक्री पनि त्यही, बोक्सी पनि त्यही । आरोपित व्यक्ति पनि त्यही, छानबिन गर्ने गृहमन्त्री पनि त्यही । त्यही कारण संसदीय छानबिन जरुरी भएको कुरा राख्न चाहन्छु ।’
राणाले बोलिसकेपछि एमाले सांसद तिवारीले नियमापत्ति गरेकी हुन् । तिवारीले भनिन्– ‘भर्खरै बोल्नुभएको माननीयज्यूले हाम्रो नियमावलीको २१ को ‘घ’ विपरीत सम्पूर्ण महिलाहरूलाई अपमानित हुने ढङ्गले लिङ्गिय ढङ्गले अपमानित गर्ने ढङ्गले आफैँ झाँक्री, आफैँ बोक्सी भन्नुभएको हुँदा यो अपमानित शब्द हटाउन सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु ।’
त्यसपछि सभामुख देवराज घिमिरेले सांसद तिवारीले उठाएको विषयमा ध्यानाकर्षण भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण