मानिसमा सेवा भाव नभएसम्म विपद् व्यवस्थापन प्रभावकारी हुँदैन : मन्त्री पाण्डेय
बुटवल । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले मानिसमा सेवा भाव नभएसम्म विपद् व्यवस्थापन प्रभावकारी बनाउन नसकिने बताएका छन् ।
रुपन्देहीमा बुधबार भएको एक कार्यक्रममा बोल्दै उनले सरकार वा कुनै व्यक्तिले मात्र गरेर विपद् व्यवस्थापन नहुने बताएका हुन् । उनले सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले इमान्दारीका साथ काम गरे विकास सम्भव रहेको पनि बताए । लुम्बिनी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि विभिन्न निकायसँग समन्वय गर्दै कार्यक्रम अघि बढाएको उनले बताए । उनले थोरै सहयोग गरेर धेरै प्रचार गर्न नहुने बताए ।
लुम्बिनी प्रदेशको गृह मन्त्रालयका सचिव लालबाबु कवारीले लुम्बिनी प्रदेश विपद्को जोखिम भएको प्रदेश रहेको बताए । उनले यो प्रदेशमा भूकम्प, बाढी पहिरो, आगलागी, डढेलो जस्ता विपद् आउने गरेको बताए । विपद् व्यवस्थापनका सन्दर्भमा ७ वर्षे विपद् जोखिम न्यूनीकरण रणनीति बनाइएको उनले बताए ।
यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले विपद् व्यवस्थापन गर्न मिलेर काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण