बेमौसमी वर्षाले ४ करोड रुपैयाँभन्दा बढीको इँटा नष्ट
बिहीबार, ०८ चैत २०८०, २० : ५१
रौतहट । बेमौसमी वर्षाका कारण रौतहटका इँटा भट्टामा पोल्न तयार पारिएको काँचो इँटा गलेर नष्ट भएको छ । बुधबार बिहानैदेखि परेको पानीले काँचो इँटा गलेर रौतहटका इँटा उत्पादकलाई ४ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको इँटा उत्पादक संघले जनाएको छ ।
इँटा उत्पादक व्यवसायी संघ रौतहटका अध्यक्ष रामाविनोद साहले पोल्न तयार पारिएको इँटा गल्दा ठुलो क्षति भएको बताए । रौतहट जिल्लाभरि यस आर्थिक वर्षमा घरेलुु तथा साना उद्योग कार्यालयमा दर्ता रहेका ४८ वटा इँटा भट्टा सञ्चालनमा छन् ।
बेमौसमी वर्षाले इँटा उत्पादकलाई घाटा भए पनि किसानलाई भने राहत दिएको छ । वर्षाले गहुँ, मकै, उखु, मुसुरो, तरकारी बालीका साथै आँप, लिच्ची जस्ता फलका लागि पनि फाइदा भएको किसानको भनाइ छ । उखेलेर राखेको मुसुरो, तोरीमा केही क्षति भए पनि अन्य बालीलाई भने वर्षाले फाइदा नै भएको किसानहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण