आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बेमौसमी वर्षाले ४ करोड रुपैयाँभन्दा बढीको इँटा नष्ट

बिहीबार, ०८ चैत २०८०, २० : ५४
बिहीबार, ०८ चैत २०८०

रौतहट । बेमौसमी वर्षाका कारण रौतहटका इँटा भट्टामा पोल्न तयार पारिएको काँचो इँटा गलेर नष्ट भएको छ । बुधबार बिहानैदेखि परेको पानीले काँचो इँटा गलेर रौतहटका इँटा उत्पादकलाई ४ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको इँटा उत्पादक सङ्घले जनाएको छ ।

इँटा उत्पादक व्यवसायी सङ्घ रौतहटका अध्यक्ष रामाविनोद साहले पोल्न तयार पारिएको इँटा गल्दा ठुलो क्षति भएको बताए । रौतहट जिल्लाभरि यस आर्थिक वर्षमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता रहेका ४८ वटा इँटा भट्टा सञ्चालनमा छन् ।

बेमौसमी वर्षाले इँटा उत्पादकलाई घाटा भए पनि किसानलाई भने राहत दिएको छ । वर्षाले गहुँ, मकै, उखु, मुसुरो, तरकारी बालीका साथै आँप, लिच्ची जस्ता फलका लागि पनि फाइदा भएको किसानको भनाइ छ । उखेलेर राखेको मुसुरो, तोरीमा केही क्षति भए पनि अन्य बालीलाई भने वर्षाले फाइदा नै भएको किसानहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप