बेमौसमी वर्षाले ४ करोड रुपैयाँभन्दा बढीको इँटा नष्ट
रौतहट । बेमौसमी वर्षाका कारण रौतहटका इँटा भट्टामा पोल्न तयार पारिएको काँचो इँटा गलेर नष्ट भएको छ । बुधबार बिहानैदेखि परेको पानीले काँचो इँटा गलेर रौतहटका इँटा उत्पादकलाई ४ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको इँटा उत्पादक सङ्घले जनाएको छ ।
इँटा उत्पादक व्यवसायी सङ्घ रौतहटका अध्यक्ष रामाविनोद साहले पोल्न तयार पारिएको इँटा गल्दा ठुलो क्षति भएको बताए । रौतहट जिल्लाभरि यस आर्थिक वर्षमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता रहेका ४८ वटा इँटा भट्टा सञ्चालनमा छन् ।
बेमौसमी वर्षाले इँटा उत्पादकलाई घाटा भए पनि किसानलाई भने राहत दिएको छ । वर्षाले गहुँ, मकै, उखु, मुसुरो, तरकारी बालीका साथै आँप, लिच्ची जस्ता फलका लागि पनि फाइदा भएको किसानको भनाइ छ । उखेलेर राखेको मुसुरो, तोरीमा केही क्षति भए पनि अन्य बालीलाई भने वर्षाले फाइदा नै भएको किसानहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण