भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने बढे

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा २९ हजार छ सय ८० जनाले बीमा कार्यक्रमअन्तर्गत सेवा लिएका छन् ।
गत आवको यही समय अवधिमा २६ हजार ९८७ जना सेवाग्राहीले अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिएका थिए । अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गर्दा एकाइबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या घट्दै गएको छ ।
अस्पतालका अनुसार चालु आवको साउनदेखि फागुनसम्म सामाजिक सेवा एकाइबाट पाँच हजार छ सय ७६ जना जना गरिब तथा असहाय र ज्येष्ठ नागरिकले सेवा लिएका थिए । कार्यक्रमअन्तर्गत तीन हजार नौ सय ९७ जना शारीरिक अपाङ्गता भएका व्यक्ति, गरिब असहाय, महिला, लैङ्गिक हिंसा पीडित, महिला स्वास्थ्य स्वयंसेविका, थुनुवा तथा भूकम्पपीडितलाई उक्त सेवा प्रदान गरिएको हो ।
त्यसैगरी यो आठ महिनामा एक हजार छ सय ७९ जना ज्येष्ठ नागरिकले सो सेवा लिएका छन् । गत वर्षको साउनदेखि फागुनसम्मको अवधिमा उक्त एकाइबाट सेवा लिनेको सङ्ख्या छ हजार छ सय ८७ थियो । यसैगरी , चार हजार पाँच सय ३३ जना शारीरिक अपाङ्गता भएका व्यक्ति, गरिब असहाय, महिला, लैङ्गिक हिंसा पीडित, महिला स्वास्थ्य स्वयंसेविका, थुनुवा तथा भूकम्पपीडितलाई उक्त सेवा प्रदान गरिएको थियो ।
अस्पतालले विपन्न नागरिक उपचार कोषमार्फत पनि बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । सिकलसेल, मुटुरोग, स्पाइनल कर्ड इन्जुरी, हेड इन्जुरी तथा हेमोडायलासिसका बिरामीलाई सरकारले तोकेको मापदण्डअनुसार एक जना बिरामीलाई एकपटकमा रु एक लाखसम्मको निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट
-
जिल्ला समिति काठमाडौँले किन गर्यो वाईसीएलको सपथ ग्रहण कार्यक्रम बहिष्कार ?
-
भुटानमा मानव अधिकारको चरम उल्लङ्घन जारी : भुटान वाच
-
सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक : महेश बर्तौला
-
भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी छ : पाण्डे
-
यी हुन् वाईसीएलका नवनिर्वाचित ५२ पदाधिकारी