ग्लोबल मनी विकका अवसरमा कामना सेवाको डिजिटल वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । कामना सेवा विकास बैंक बुटवल क्षेत्रले ग्लोबल मनी विक २०२४ को उपलक्ष्यमा शनिबार बुटवलका उद्योगी व्यापारीहरूलाई लक्षित गरि डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा उद्योगी व्यापारी तथा प्रतिनिधि गरी १५० जनाको उपस्थिति रहेको थियो ।
बैंकका सञ्चालक भीमप्रसाद तुलाचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख रञ्जित सिंह राठोरको प्रमुख आतिथ्य रहेको थियो । लघुवित्त संघका अध्यक्ष, उद्योगी व्यापारीहरू तथा विभिन्न संघका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा बैंकका कानुन विभागका प्रमुख डण्डापानी भट्टराई तथा केन्द्रीय सञ्चालन विभागका प्रमुख राहुल कुमारले प्रस्तुतीकरण गरेका थिए ।
आजको युग डिजिटल युग भएको र यस डिजिटल युगमा अनेक अवसर भएता पनि डिजिटल माध्यमबाट नै धेरै ठगी हुने भएको भन्दै अनलाइन ठगी र डिजिटल बैंकिङको चुनौतीको बारेमा प्रस्तुतीकरण गरिएको थियो । डिजिटल वित्तीय साक्षरता कार्यक्रम बैंकका बुटवल क्षेत्रको प्रमुख खीमलाल भुसालको सञ्चालनमा भएको थियो भने व्यापार संघका अध्यक्ष दीपकप्रसाद अधिकारीले यस्तो डिजिटल वित्तीय साक्षरता कार्यक्रम निकै उपयोगी रहेकोले बैंक प्रति आभार व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी युवती जो १० मिनेट ढिला हुँदा एयर इन्डियाको विमान चढ्न पाइनन्
-
विमान दुर्घटनामा पूर्वमुख्यमन्त्री रुपाणीको मृत्यु
-
‘सिट ११ए’ का यात्रु जो विमान दुर्घटनामा बाँचे
-
एयर इन्डियाको विमान दुर्घटनामा कम्तीमा २०४ जनाको मृत्यु
-
बिक्रीको डेढ दशकपछि किर्ते कागज खडा, पीडित नै अपहरण शैलीमा पक्राउ
-
अहमदाबाद विमान दुर्घटना : विमानस्थल पुनः खुल्यो