दाङमा करेन्ट लागेर ३ जनाको मृत्यु
दाङ । दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–३ मसुरियामा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा शनिबार एकै घरका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरीले दाङले जनाएको छ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा एकै घरका हजुरबुबादेखि नातिसम्म रहेका छन्। ५५ वर्षीय दिलसरा केसी र ४ वर्षीय नाति ईश्वर केसीको घटनास्थलमा मृत्यु भएको छ भने ६० वर्षीय हजुरबुवा गोरखबहादुर केसीको बुटवलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले जानकारी दिए।
हजुरआमा र नातिको घरको आँगनमा उभिएको अवस्थामा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । नातिलाई करेन्टबाट छुटाउने क्रममा हजुर आमालाई करेन्ट लागेको, नाति र श्रीमतीलाई करेन्टबाट छुटाउने क्रममा ६० वर्षीय केसीलाई पनि करेन्ट लागेको स्थानीयले बताएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण