बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पूजाको ‘रावायण’ भदौमा रिलिज हुने

आइतबार, ११ चैत २०८०, १२ : ४६
आइतबार, ११ चैत २०८०

काठमाडौँ । फिल्म ‘रावायण’ २०८१ भदौ २१ गते प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फागु पूर्णिमाको शुभकामना सहित फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बन्ने फिल्म सुदर्शन थापा र पूजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् ।

फिल्ममा पल शाह, पूजा शर्मा, प्रियङ्का कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकालको अभिनय रहनेछ । 

चैतका तेस्रो साताबाट छायांकनमा निस्कने फिल्ममा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायाङ्कन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी र  श्री श्रेष्ठको एक्सन रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप