कार्यक्रममा गएर स्टेज नचढी फर्किइन् समीक्षा अधिकारी
काठमाडौँ । कलाकारका लागि कहिलेकाहीँ मेला महोत्सव आफूले सोचे जस्तो नहुन पनि सक्छ । कार्यक्रम स्थल पुगेर उनीहरू त्यसै फर्किनुपर्ने पनि हुन्छ ।
गत शनिवार यस्तै परेको छ, चर्चित गायिका समीक्षा अधिकारीलाई। उनी दाङको तुलसीपुरस्थित अरनिको मैदानमा आयोजित एक कन्सर्टमा सहभागी हुन त्यहाँ पुगेर पनि स्टेज नचढी फर्किएकी छन् ।
प्रकृति कला केन्द्रले आयोजना गरेको कन्सर्टमा समीक्षा साङ्गीतिक प्रस्तुति दिन निर्धारित समयमै पुगेकी थिइन् । तर कन्टर्समा थोरै (२३ जना)मात्र दर्शक उपस्थित भएका कारण उनी स्टेज नै नचढी फर्किनु परेको हो । दर्शक अभाव भएपछि आयोजकले उनलाई सहज वातावरणमा कार्यक्रम नगरी फर्किने व्यवस्था मिलाएको चलचित्र पत्रकार सङ्घ, दाङका अध्यक्ष सन्तोष केसीले बताए ।
केसीका अनुसार कार्यक्रममा दर्शकको अभाव हुनुको कारण कन्सर्ट आयोजना गरिएको मैदान उपयुक्त नहुनु, मौसम खराब हुनु र केही अगाडि तुलसीपुरमा भव्य महोत्सव सम्पन्न हुनु पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण