आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यक्रममा गएर स्टेज नचढी फर्किइन् समीक्षा अधिकारी

सोमबार, १२ चैत २०८०, १४ : १५
सोमबार, १२ चैत २०८०

काठमाडौँ । कलाकारका लागि कहिलेकाहीँ मेला महोत्सव आफूले सोचे जस्तो नहुन पनि सक्छ । कार्यक्रम स्थल पुगेर उनीहरू त्यसै फर्किनुपर्ने पनि हुन्छ ।

गत शनिवार यस्तै परेको छ, चर्चित गायिका समीक्षा अधिकारीलाई। उनी दाङको तुलसीपुरस्थित अरनिको मैदानमा आयोजित एक कन्सर्टमा सहभागी हुन त्यहाँ पुगेर पनि स्टेज नचढी फर्किएकी छन् ।

प्रकृति कला केन्द्रले आयोजना गरेको कन्सर्टमा समीक्षा साङ्गीतिक प्रस्तुति दिन निर्धारित समयमै पुगेकी थिइन् । तर कन्टर्समा थोरै (२३ जना)मात्र दर्शक उपस्थित भएका कारण उनी स्टेज नै नचढी फर्किनु परेको हो । दर्शक अभाव भएपछि आयोजकले उनलाई सहज वातावरणमा कार्यक्रम नगरी फर्किने व्यवस्था मिलाएको चलचित्र पत्रकार सङ्घ, दाङका अध्यक्ष सन्तोष केसीले बताए ।

केसीका अनुसार कार्यक्रममा दर्शकको अभाव हुनुको कारण कन्सर्ट आयोजना गरिएको मैदान उपयुक्त नहुनु, मौसम खराब हुनु र केही अगाडि तुलसीपुरमा भव्य महोत्सव सम्पन्न हुनु पनि हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप