आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेमी विष्णुसँग विवाह गर्दै एलिना

सोमबार, १२ चैत २०८०, १६ : ३३
सोमबार, १२ चैत २०८०

काठमाडौँ । गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । उनले आगामी वैशाख ५ गते सापकोटासँग विवाह गर्न लागेकी हुन् ।

विवाहको तयारीमा आफू लागेको उनले बताएकी छन् ।  बागलुङ निवासी सापकोटा गीतकार पनि हुन् । उनी अस्ट्रेलियामा बस्दै आएका छन् ।

करिब एक वर्ष अगाडि तीजमा सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया जाँदा एलिनाले विष्णुलाई भेटेकी थिइन् । त्यसको केही समयपछि उनीहरूको अफेयर्स मिडियामा आएको थियो ।

दुवैले प्रेम खुला रूपमा स्वीकार गर्दै विभिन्न भिडियो समेत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।  त्यसपछि उनीहरूबिच ब्रेकअपको हल्ला पनि चलेको थियो । उनले नै त्यो प्रेम अव सम्झन चाहन्न भन्दै अभिव्यक्ति दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप