सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एक्यापको सार्दिखोला कार्यालयमा मजदुरले गरे तालाबन्दी

मङ्गलबार, १३ चैत २०८०, २० : ५१
मङ्गलबार, १३ चैत २०८०

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)अन्तर्गत सार्दिखोला कार्यालयमा तालाबन्दी भएको छ । स्थानीय मजदुरहरूले एक्यापका कारण गरिखाने वातावरण नबनेको भन्दै तालाबन्दी गरिदिएका हुन् । 

आन्तरिक सहमति गरेर घाटगद्दी चलाउन १५ लाखमा मजदुरहरूलाई ठेक्का दिइएको थियो । तर ३ महिना नपुग्दै संरक्षण क्षेत्र व्यवस्थापन समितिले सहमति तोडेर निर्माण सामग्री उठाउन बन्द गरिदियो ।

त्यसपछि मजदुरहरूले सम्झौता अनुसारको रकम फिर्ता गर्न माग गरे । तर पैसा फिर्ता दिइएको छैन । स्थानीय सर्वजीत गुरुङले माग सुनुवाइ नहुँदासम्म ताला नखोल्ने अडान राखे । ‘यहाँका जनताले धेरै दुख पायो । स्थानीय सरकारलाई गुहार्दा पनि भएन,’ उनले भने, ‘आन्तरिक सहमति गरेर १५ लाखमा काम गरेका थियौँ । ३ महिना नपुग्दै बन्द भयो । हाम्रो पैसा फिर्ता पाउनुपर्‍यो नि ।’

उनीहरुले कात्तिकमा सहमति गरेर उत्खनन थालेका हुन् । पुस ३ गतेदेखि बन्द भएको छ । ‘पुरै मागेको पनि होइन । कम्तीमा १० लाख त फिर्ता हुनुपर्छ,’ उनले भने । मजदुरहरूले रकम फिर्तासँगै ३ बुँदे माग पेस गरेका छन् । एक्याप अन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समितिले राजीनामा दिनुपर्ने र मजदुरलाई काम गरेर खाने वातावरण बनाइदिनुपर्ने माग उनीहरूको छ । एक्याप र स्थानीय सरकारबिच तादम्यता नमिल्दा धेरै ठाउँमा प्राकृतिक स्रोतहरूको दुरुपयोग भएको छ भने राजश्व चुहावट बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप