एक्यापको सार्दिखोला कार्यालयमा मजदुरले गरे तालाबन्दी
पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)अन्तर्गत सार्दिखोला कार्यालयमा तालाबन्दी भएको छ । स्थानीय मजदुरहरूले एक्यापका कारण गरिखाने वातावरण नबनेको भन्दै तालाबन्दी गरिदिएका हुन् ।
आन्तरिक सहमति गरेर घाटगद्दी चलाउन १५ लाखमा मजदुरहरूलाई ठेक्का दिइएको थियो । तर ३ महिना नपुग्दै संरक्षण क्षेत्र व्यवस्थापन समितिले सहमति तोडेर निर्माण सामग्री उठाउन बन्द गरिदियो ।
त्यसपछि मजदुरहरूले सम्झौता अनुसारको रकम फिर्ता गर्न माग गरे । तर पैसा फिर्ता दिइएको छैन । स्थानीय सर्वजीत गुरुङले माग सुनुवाइ नहुँदासम्म ताला नखोल्ने अडान राखे । ‘यहाँका जनताले धेरै दुख पायो । स्थानीय सरकारलाई गुहार्दा पनि भएन,’ उनले भने, ‘आन्तरिक सहमति गरेर १५ लाखमा काम गरेका थियौँ । ३ महिना नपुग्दै बन्द भयो । हाम्रो पैसा फिर्ता पाउनुपर्यो नि ।’
उनीहरुले कात्तिकमा सहमति गरेर उत्खनन थालेका हुन् । पुस ३ गतेदेखि बन्द भएको छ । ‘पुरै मागेको पनि होइन । कम्तीमा १० लाख त फिर्ता हुनुपर्छ,’ उनले भने । मजदुरहरूले रकम फिर्तासँगै ३ बुँदे माग पेस गरेका छन् । एक्याप अन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समितिले राजीनामा दिनुपर्ने र मजदुरलाई काम गरेर खाने वातावरण बनाइदिनुपर्ने माग उनीहरूको छ । एक्याप र स्थानीय सरकारबिच तादम्यता नमिल्दा धेरै ठाउँमा प्राकृतिक स्रोतहरूको दुरुपयोग भएको छ भने राजश्व चुहावट बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण