पाल्पामा युवतीको बीभत्स हत्या : अनुसन्धानमा कुकुरको सहारा
पाल्पा । पाल्पामा एक युवतीको घाँटी रेटेर बीभत्स ढङ्गले हत्या भएको छ l घटनाको अनुसन्धान गर्न भैरहवाबाट घटनास्थलमा कुकुर लगिएको छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा १९ बर्सिया पदमा सुनारको शव मङ्गलवार साँझ फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले हत्याको विषयमा अनुसन्धान गर्नका लागि भैरहवाबाट तामिल प्राप्त कुकुर घटनास्थलमा ल्याइएको रातोपाटीलाई बताए।
पदमा सुनार स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्। उनको शवलाई अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल तानसेन ल्याइएको छ ।
स्थानीयले पदमा सुनारको हत्या भएको आशङ्का गरेका छन् । शव क्षतविक्षत अवस्थामा रहेको स्थानीय बासिन्दा रामप्रसाद न्यौपानेले जानकारी दिए ।
डिएसपी श्रेष्ठले भने ‘हामीले अनुसन्धान सुरु गरिसकेका छौँ, अब के के प्रमाण भेटिन्छ ? त्यस आधारमा अगाडि बढ्नेछौँ ।' जिल्ला प्रहरी, हार्थोक प्रहरी चौकी, सर्देवा प्रहरी चौकीबाट प्रहरी खटिएर अनुसन्धान थालेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण