महिलाको भेषमा पुरुष बन्दी जेलबाट फरार
कारकस । भेनेजुएलामा एक जना खतरनाक अपराधी जेलबाट भागेका छन् । बन्दीहरूलाई भेटघाट गर्ने समय सकिने बेलामा ती पुरुष बन्दी महिलाको भेषमा लुसुक्क भागेका थिए । फरार भएका बन्दी २५ वर्षका म्यानुअल लोरेन्जो अभिला अल्भारादो हुन् । उनी नरसंहार र लुटपाट मच्चाएको अपराधमा हिरासतमा थिए ।
यो घटना मार्च १३ को हो । मध्याह्न २ बजेतिर बन्दीलाई भेट गर्न दिइने समय सकिने बेलामा उनी जेलबाट भागेको भन्दै स्थानीय पत्रिकाले खबर छापेको छ । अल्भारादोले खैरो विग र महिलाको पहिरन लगाएर भागेका थिए । यी सबै चिज उनको प्रेमिकाले ल्याइदिएको हुन सक्ने बताइएको छ ।
प्रहरीको कडा पहरा भएको ठाउँबाट ती अपराधी महिलाको पहिरनमा जेलमा आफन्त भेट्न आएका महिलाहरुको समूहमा मिसिएर निस्किएको जेलको सेक्युरिटी क्यामरामा देखिएको छ । सुरक्षाकर्मीहरूले उनलाई कसरी चिन्न सकेनन् भन्ने अस्पष्ट छ । खुङ्खार अपराधी फरार भएपछि चार जना सुरक्षाकर्मीमाथि छानबिन भइरहेको छ ।
अल्भारादोलाई हालै मात्र अर्को जेलबाट त्यहाँ टोकुयिटोको सो जेलमा ल्याइएको थियो । अल्भारादोको अपराधमा उनको प्रेमिका पनि हिस्सेदार भएको बताइएको छ । उनी पनि प्रहरीको वान्टेडको सूचिमा छिन । महिलाको भेष धरेर पुरुष बन्दी भागेको यो पहिलो पटक होइन । केही वर्ष अघि पराग्वेमा पनि यस्तै घटना घटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण