‘गाउँ आएको बाटो’ १२ औँ बेइजिङ अन्तर्राष्ट्रिय सिने महोत्सवमा छनोट
_Idw6f6wEGK.jpg)
काठमाडौँ । फिल्म ‘गाउँ आएको बाटो’ विभिन्न अन्तर्राष्ट्रिय सिने महोत्सवमा छनोट हुने क्रम जारी छ । यस्तैमा छिमेकी राष्ट्र चीनको १२ औँ ‘बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिवल’मा पनि सो फिल्म छनोट भएको छ । निर्माण युनिटले फिल्म फेस्टिवलमा छनोट भएको जानकारी दिएको हो ।
नविन सुब्बा निर्देशित फिल्म यसअघि टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिवलमा विश्व प्रिमियर भएको थियो । फिल्म योसँगै ‘४७ औं गोटेबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव–२०२४’ स्विडेनमा समेत छनौट भएको छ । फिल्म वुसान अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा एसियन प्रिमियर र मामी मुम्बईमा साउथ एसियन प्रिमियर भइसकेको छ ।
राई जातिको सामाजिक पृष्ठभूमिमा गाँउमा सडक पुगेपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई फिल्मले विषय बनाएको छ । सामुदायिक लगानीको अवधारणामा निर्माण भएको ‘गाउँ आएको बाटो’ मा देशभित्र र विश्वका विभिन्न देशहरूमा छरिएर रहेका नेपालीहरूको सामूहिक लगानी छ ।
छोमोलोङमा प्रोडक्सन र गाउँघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मको प्रदर्शन मिति नयाँ वर्षको जेठ १८ तोकिएको छ । नेपालमा बाँसुरी फिल्मस्ले नेपाल रिलिजमा संयोजन गरिरहेको छ ।
फिल्ममा दयाहाङ राई, पशुपति राई र प्रसन राई मुख्य भूमिकामा छन् । केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बाको समेत अभिनय फिल्ममा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
सुनकोशी क्षेत्रमा बाढीको जोखिम: खोटाङ प्रशासनद्वारा सतर्कता अपनाउन अनुरोध
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात