पाल्पामा युवतीको हत्या, एक युवक पक्राउ
पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका १ मा एक युवतीको हत्या भएको छ । स्थानीय पद्मा सुनारको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
१९ वर्षीय सुनारलाई मङ्गलवार हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा सोही वडाको लप्सीखोला बस्ने सागर भनिने देवलाल सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । एक आपसमा झगडा भएपछि युवतीले प्रतिकार गर्दा सार्कीले हँसिया प्रहार गरी उनको हत्या गरेको पाल्पा जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले जानकारी दिए ।
चन्दले उनीहरूबिच के विषयमा विवाद भएको भन्ने अझै नखुलेको बताए। सुनार मंगलबार खोलामा नुहाउन र कपडा धुन गएका बेला आक्रमण भएको उनकाे भनाइ छ । पद्मा टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा मृत फेला परेकी थिइन्।
उनी स्थानीय शारदा मावि कक्षा १२ मा पढ्ने विद्यार्थी हुन्। प्रहरीले भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाई अनुसन्धान सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण