कांग्रेस सांसदको कटाक्ष : ठुला माछाहरूले सहकारीको रकम पनि निल्न छोडेनन् (भिडियोसहित)
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद शान्ति विकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई मूर्खको संज्ञा दिएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिङ्कनको भनाइ उद्धत गर्दै एउटा मूर्ख नेताले देश नै डुबाउने बताइन् ।
‘हजार जता मूर्ख भएर देशलाई खास असर गर्दैन । तर, एक नेता मूर्ख भए देश डुबाउँछ । अब्राहम लिङ्कनको यो भनाइ वर्तमान अवस्थामा नेपालको नेतृत्वको चरित्रसँग मेल खाएको छ,’ उनले भनिन् ।
कानुनले तोकेको सबै अपराध नियन्त्रण गर्छु भन्नेहरू नै अपराधमा संलग्न हुँदा जनताको जनजीवनसँग सम्बन्धित मुद्दा सबै ओझेल पारेको सांसद विकले बताइन् ।
‘नेपालले शक्तिशाली माछा उत्पादन गरेको रहेछ । किलोका किलो सुन, गिरीबन्दु टीस्टेट, ललिता निवास, यति ओम्नी खाने । हुँदा हुँदा सहकारीमा ज्याला मजदुरी गरेर बचत गरेको रकम पनि माछाले निल्न छोडेनन्,’ उनले भनिन् ।
कांग्रेसले पछिल्लो समय सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाउँदै आएको छ । लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको भन्दै नैतिक प्रश्न उठाउनुको अर्थ नभएको सत्ता पक्षको तर्क छ । सांसद विकले लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको अफर नगरेको दाबी गरिन् ।
‘अहिले बजारमा चर्चा चलाइँदै छ । कांग्रेसले प्रधानमन्त्री अफर गर्यो रे । केन्द्रीय समितिले पारित गरे कि पदाधिकारी र संसदीय दलको आधिकारिक निर्णय गरे ? कहाँ गर्यो ?,’ उनको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण