शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस सांसदको कटाक्ष : ठुला माछाहरूले सहकारीको रकम पनि निल्न छोडेनन् (भिडियोसहित)

आइतबार, १८ चैत २०८०, १२ : ३८
आइतबार, १८ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद शान्ति विकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई मूर्खको संज्ञा दिएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिङ्कनको भनाइ उद्धत गर्दै एउटा मूर्ख नेताले देश नै डुबाउने बताइन् ।

‘हजार जता मूर्ख भएर देशलाई खास असर गर्दैन । तर, एक नेता मूर्ख भए देश डुबाउँछ । अब्राहम लिङ्कनको यो भनाइ वर्तमान अवस्थामा नेपालको नेतृत्वको चरित्रसँग मेल खाएको छ,’ उनले भनिन् ।

कानुनले तोकेको सबै अपराध नियन्त्रण गर्छु भन्नेहरू नै अपराधमा संलग्न हुँदा जनताको जनजीवनसँग सम्बन्धित मुद्दा सबै ओझेल पारेको सांसद विकले बताइन् । 

‘नेपालले शक्तिशाली माछा उत्पादन गरेको रहेछ । किलोका किलो सुन, गिरीबन्दु टीस्टेट, ललिता निवास, यति ओम्नी खाने । हुँदा हुँदा सहकारीमा ज्याला मजदुरी गरेर बचत गरेको रकम पनि माछाले निल्न छोडेनन्,’ उनले भनिन् ।

कांग्रेसले पछिल्लो समय सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाउँदै आएको छ । लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको भन्दै नैतिक प्रश्न उठाउनुको अर्थ नभएको सत्ता पक्षको तर्क छ । सांसद विकले लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको अफर नगरेको दाबी गरिन् । 

‘अहिले बजारमा चर्चा चलाइँदै छ । कांग्रेसले प्रधानमन्त्री अफर गर्यो रे । केन्द्रीय समितिले पारित गरे कि पदाधिकारी र संसदीय दलको आधिकारिक निर्णय गरे ? कहाँ गर्‍यो ?,’ उनको प्रश्न छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप