इटहरीमा बालबालिकाका लागि चलचित्र निर्माण कार्यशाला हुने

काठमाडौँ । चलचित्र विकास बोर्डले सुनसरीको इटहरीमा बालबालिकाका लागि चलचित्र निर्माण सम्बन्धी मेरो कथा मेरो चलचित्र कार्यशाला आयोजना गर्ने भएको छ ।
आगामी वैशाख ३ देखि ७ गतेसम्म सञ्चालन हुने सो कार्यशालामा कोशी प्रदेशका १३ देखि १८ वर्ष मुनिका १५ जना बालबालिकाहरु सहभागी हुनेछन् ।
कार्यशाला संयोजक समेत रहेका बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीका अनुसार बोर्डले बालबालिकाहरूलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरूमा सिनेमा साक्षरता अभिवृद्धि गर्ने तथा शिक्षा, संस्कृति र चेतना हस्तान्तरण गर्ने उद्देश्यले मेरो कथा मेरो चलचित्र परियोजना सुरु गरेको छ । सोही परियोजना अन्तर्गत चलचित्र निर्माण कार्यशालामा सहभागी हुने प्रत्येक बालबालिकाहरूले लघु चलचित्र निर्माण गर्नुपर्नेछ ।
इटहरीमा सञ्चालन हुने कार्यशालामा सहभागिताका लागि बोर्डले शुक्रबार आफ्नो वेबसाइट www.film.gov.np मा सात दिने सूचना प्रकाशन गरेको बोर्ड सचिवालय अधिकृत एवं कार्यशाला व्यवस्थापक निर्मला चौलागाईंले बताइन् । अधिकृत चौलागाईंका अनुसार कार्यशालामा सहभागी हुन चाहने कोशी प्रदेशका बालबालिकाले बोर्डको वेबसाइटमा राखिएको आवेदन फाराम भरी [email protected] मा पठाउनु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मीको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने
-
काठमाडौंमा आजदेखि ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना नेपालमा
-
कति पुग्यो डलरको मूल्य ? के छ विदेशी मुद्राको दरभाउ ?
-
साउदीमा कामविहीन भएका नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू
-
बार्सिलोनालाई २८ औं ला लिगा उपाधि, ‘बच्चा’ टोलीले गर्यो चमत्कार