सेभेन सिजले किन्यो ‘मनसरा’ को डायस्पोरा अधिकार
काठमाडौं । लेखक तथा निर्देशक उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म ‘मनसरा’को अस्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार बिक्री भएको छ । पछिल्ला वर्षमा नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिजले यो फिल्मको वितरण अधिकार किनेको हो ।
सेभेन सिजले फिल्मलाई अस्ट्रेलिया, मध्यपूर्वसँगै अमेरिकामा पनि वितरण गर्नेछ । फिल्म निर्माण पक्ष र सेभेन सिजबिच शनिबार यसबारेमा कागजी सम्झौता भएको हो ।
सम्झौता पत्रमा ‘मनसरा’बाट निर्देशक उपेन्द्र र निर्माता शैलेन्द्रध्वज कार्की तथा सेभेन सिजका तर्फबाट रमेश चौलागाईंले वितरण सम्बन्धी हस्ताक्षर गरेका छन् । फिल्म २०८१ वैशाख २१ गतेबाट प्रदर्शनमा आउँदैछ ।
फिल्ममा दयाहाङ राई, निरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानको प्रमुख भूमिकामा अभिनय रहेको छ । फिल्मले विवाहित लिम्बुनीको विवाहित छिमेकी बाहुन बाजेसँगको सम्बन्धलाई कथा बनाएको छ । फिल्ममा विष्णुकुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता छन् ।
फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रङ संयोजन, श्रवलराज पाण्डेको साउण्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन छ । त्यस्तै सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक छन् । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट कम्पनीले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण