नेपाल आँखा अस्पताल ५१ वर्षमा प्रवेश, ३४ लाख बढीको आँखा परीक्षण
काठमाडौँ । नेपाल आँखा अस्पतालले स्थापना कालदेखि अहिलेसम्म ३४ लाख बढीको आँखा परीक्षण गरेको छ । सो अस्पतालले एक लाख बढीको आँखा शल्यक्रिया गरेको छ । आइतबार अस्पतालको स्वर्ण महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा अस्पतालले ५० वर्षको अवधिमा ३४ लाख ३८ हजार ५७२ जनाको आँखा परीक्षण गरिएको जानकारी दिइयो । सो समयावधिमा १ लाख ३७ हजार १७४ जनाको आँखाको शल्यक्रिया गरिएको जानकारी दिइयो ।
काठमाडौँको त्रिपुरेश्वरमा रहेको सो अस्पताल नेपालमा आँखा स्वास्थ्यको क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्ने पहिलो अस्पताल भएको अस्पतालका सचिव युद्धध्वज सापकोटाले जानकारी दिए ।
‘केही महिना अगाडि अस्पतालले सानो बच्चाको आँखाको शल्यक्रिया गरेको सुन्नुभएको होला’ उनले भने, ‘समय नपुगी जन्मिने बच्चाको आँखा स्कृनिङ सेवा प्राथमिकताका साथ लागू गरेका छौँ, हालै मात्र ४०० जनाको स्कृनिङ गर्दा ३५ जनामा समस्या देखिएको थियो ।’
गत वर्षदेखि कम तौल र Premature जन्मेका बच्चाहरूमा हुने दृष्टि पर्दाको रोगको उपचार का लागि (ROP) एक एक पाइला संस्थासँग सहकार्य गरी काम गरिरहेको समेत सापकोटाले बताए । हालसम्म त्यसरी ४०० बच्चाहरूको उपचार गरिएको उनले बताए ।
सो अस्पतालबाट १५ जना नेत्र विशेषज्ञ एवम् ११३ जना कर्मचारीहरूबाट आँखा सेवाको विशिष्टकृत सेवा प्रदान गरिँदै आएको छ । कर्निया, मोतीबिन्दु, जलविन्दु, रेटिना, अकुलोप्लाष्टी एवम् बाल आँखा सेवाका लागि अलग्गै विभागहरूबाट सेवा प्रदान गरिँदै आएको उनले बताए ।
_bxwEU1g700.jpg)
सो अस्पतालमा आधुनिक प्रविधि र उच्च गुणस्तरका औजार उपकरणबाट सेवा दिइँदै आएको छ । आँखा निदान एवं उपचारका लागि आवश्यक अनुसन्धान गर्न बोर्ड गठन गरी काम सुरु गरिएको समेत बताइएको छ ।
अस्पतालमा चालु आर्थिक वर्षको ८ महिनामा बहिरङ्ग विभागबाट १ लाख १ हजार ७३४ जनाले सेवा लिएका छन् । सो समयावधिमा अस्पतालबाट २,७३५ जनाले इमरजेन्सी सेवा लिएका छन् ।
हाल सो अस्पतालमा दैनिक ४०० देखि ७०० जनालाई बहिरङ्ग सेवा दिइँदै आएको छ । अस्पतालले विद्यालय स्तरका विद्यार्थीहरूको आँखा जाँच गरी निःशुल्क चस्मा प्रदान गर्ने गरेको समेत सापकोटाले बताए । यस वर्ष मात्रै १४,९९४ जनाको दृष्टि परीक्षण गरी १,०१० जनालाई निःशुल्क चस्मा वितरण गरिएको उनको भनाई छ ।
आगामी दिनमा सो अस्पतालमा बिरामीको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । यसका लागि अस्पतालले अहिलेदेखि नै पूर्व तयारी गर्दै आएको छ । यसै क्रममा अस्पतालले विभिन्न प्रकारका जनशक्ति उत्पादन गर्दै आएको उनले बताए ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत एमडी, अप्टोमेट्री र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत नेत्र सहायक तालिम जस्ता कार्यक्रमहरू समेत अस्पतालले गर्दै आएको छ । विशिष्ट सेवाको फेलोसिप तालिमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने लक्ष्य समेत अस्पतालले लिएको सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनकुटामा बस दुर्घटना, १२ जना घाइते
-
नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान
-
निजी मेडिकल कलेजमा इन्टर्न चिकित्सकको चरम शोषण : मासिक १० हजारमै ८ घण्टा ड्युटी
-
फेसबुक र म्यासेन्जरमा समस्या, नेपालसहित विश्वभरका प्रयोगकर्ता प्रभावित
-
पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध
-
हुम्ला र बाजुरा सीमा विवादबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण