मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा सानो आकारको मन्त्रीमण्डल बन्न सक्दैन : मुख्यमन्त्री महरा

आइतबार, २५ चैत २०८०, १५ : ३४
आइतबार, २५ चैत २०८०

बुटवल ।  लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोख बहादुर महराले सानो आकारको मन्त्रीमण्डल बन्न नसक्ने उल्लेख गरेका छन् । 

आइतबार पदभार ग्रहण लगत्तै सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री महराले धेरै दलहरू मिलेर बनेको सरकार भएकोले सबैले खोजेजस्तो सानो मन्त्रीमण्डल बन्न नसक्ने उल्लेख गरेका हुन् । उनले बाहिर आएजस्तो जम्बो मन्त्रिपरिषद् पनि नबन्ने बताए ।  

यस्तै आफूहरूले मेरो भन्दा पनि हाम्रो भन्ने सामूहिक बिचार बाहिर ल्याउने प्रतिक्रिया दिए । उनले आफूहरूले हचुवाको भरमा कुनै काम नगर्ने भन्दै सामूहिक बिचार प्रदान गर्ने बताए । 

उनले  मन्त्रीपरिषद्लाई पूर्णता र विश्वासको मत भने कानुनी म्यादभन्दा अगाडि नै लिने गरी छलफल जारी राख्ने बताए । 

लुम्बिनीका ५ दलको समर्थनमा महरा मुख्यमन्त्री बनेका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप