आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ संशोधन विधेयक फिर्ता लिन स्वीकृति
आइतबार, २५ चैत २०८०, १७ : ३२
काठमाडौँ । सरकारले सङ्घीय संसद् सचिवालयमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै रेजिलेन्ट हाइ भ्यालु एग्रिकल्चर प्रोग्राम कानुनका लागि अन्तर्राष्ट्रिय कृषि विकास कोष ७०.९३ डलर (करिब नौ अर्ब ४५ करोड बराबर) सहुलियत ऋण सहायता प्राप्त गर्नलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय सरकारले गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण