सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला
सोमबार, ०८ असार २०८३, १० : ०२
सारांश
- रुकुम पश्चिमको सानीभेरी नदीमा बगेर एक जनाको मृत्यु भएको छ ।
- मृतक सानीभेरी गाउँपालिका अस्पतालमा सुरक्षा गार्डको रूपमा कार्यरत ४५ वर्षीय रामबहादुर ओली हुन् ।
- नुहाउने क्रममा बगेको हुनसक्ने आशङ्का गरिएको छ ।
सुर्खेत । सानोभेरी नदीमा बगेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका—७, का ४५ वर्षीय रामबहादुर ओली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, ओली आइतबार दिउँसो १ बजे घरबाट कसैलाई थाहै नदिई निस्किएका थिए ।
सोमबार बिहान साढे ७ बजेतिर सानीभेरी गाउँपालिका—४, मुसुखोला स्थित सानोभेरी नदीको बिच टापुसमा उनी मृत भेटिएको रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।
उनका अनुसार, ओली नुहाउने क्रममा बगेको हुनसक्ने आशङ्का गरिएको छ । मृतक ओली सानीभेरी गाउँपालिका अस्पतालमा सुरक्षा गार्डको रूपमा काम गर्थे ।
सोमबार गाउँपालिकाले कर्मचारीको निधनमा शोक बिदा दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण