सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

सोमबार, ०८ असार २०८३, ०९ : ५९
सोमबार, ०८ असार २०८३

सुर्खेत । रुकुम पश्चिममा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका-१, सहिद मैदान बस्ने २५ वर्षीय सुन्दर भण्डारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, मुग्लुखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको हो ।

‘गए राति ११ बजे साथीसँग ब्याट्रीसहित करेन्ट लगाएर माछा मार्न जानु भएको रहेछ, एक्कासि करेन्ट लाग्यो,’रुकुम पश्चिमका प्रहरी प्रमुख वेदबहादुर पौडेलले भने, ‘घाइते अवस्थामा सल्ले अस्पताल ल्याइएको थियो । चेकजाँच गर्ने क्रममा बिहान ३ बजेतिर चिकित्सकले मृत घोषणा गरे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप