सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन

सोमबार, ०८ असार २०८३, ०९ : ३६
सोमबार, ०८ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ।
  • महाधिवेशन स्थलमा अनावश्यक गतिविधि रोक्न र प्रक्रिया व्यवस्थित गर्न पार्टीले सुरक्षामा विशेष चनाखो अपनाएको छ।
  • Metal detector को प्रयोगसहित परिचयपत्र बिना कसैलाई पनि प्रवेश दिइएको छैन।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको दोस्रो दिन बन्द सत्रको सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ। 

महाधिवेशन स्थलमा कुनै पनि अनावश्यक गतिविधि हुन नदिन र प्रक्रियालाई व्यवस्थित बनाउन पार्टीले सुरक्षामा विशेष चनाखो अपनाएको हो।

rsp banda satra security (1)

बन्द सत्र हलभित्र गैरअधिकारिक र अपरिचित व्यक्तिहरूको प्रवेशलाई पूर्ण रूपमा निषेध गरिएको छ। महाधिवेशन स्थलको मुख्य प्रवेशद्वारमै ठुलो सङ्ख्यामा प्रहरी र निजी सुरक्षा गार्ड (बाउन्सर) हरू परिचालन गरेर कडा जाँचबुझ गरिएको छ। परिचयपत्र विना कसैलाई पनि भित्र जान दिइएको छैन।

rsp banda satra security (2)

यसका साथै, सुरक्षालाई थप चुस्त बनाउन मुख्य गेट र हलको प्रवेशद्वारमा मेटल डिटेक्टरको समेत प्रयोग गरिएको छ। महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि र प्रतिनिधिमूलक व्यक्तित्वहरूलाई समेत पूर्ण जाँच गरेपछि मात्र भित्र प्रवेश गराइएको छ। 

rsp banda satra security (3)rsp banda satra security (4)rsp banda satra security (5)rsp banda satra security (6)rsp banda satra security (7)rsp banda satra security (8)rsp banda satra security (9)rsp banda satra security (10)rsp banda satra security (11)rsp banda satra security (12)rsp banda satra security (13)rsp banda satra security (14)rsp banda satra security (15)rsp banda satra security (16)rsp banda satra security (17)rsp banda satra security (18)rsp banda satra security (19)rsp banda satra security (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप