सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बोइङको अर्डर बढ्यो

बुधबार, २८ चैत २०८०, ११ : २२
बुधबार, २८ चैत २०८०

वाशिङ्टन डीसी । अमेरिकी विमान निर्माता कम्पनी बोइङको व्यवसायीक जेटको अर्डर बढेको छ । अमेरिकाको संघीय उड्ययन प्रशासन (एफएए)ले यात्रु बोक्न अनुमति दिई नसकेको विमानको लागि अमेरिकी एयरलाइन्सले दिएको उच्च अर्डरका कारण समग्रमा मार्च महिनामा अर्डर बढेको हो ।

अमेरिकन एयरलाइन्सले ८५ थान बोइङ ७३७ म्याक्स १० अर्डर दिएको छ । यस अघि ३० थान छोटा म्याक्स ८ भर्जनको अर्डरलाई म्याक्स १० मा परिणत गरिएको छ । कम्पनीसँग भविष्यमा अरू ७५ थान म्याक्स १० किन्ने विकल्प पनि छ । यी अर्डर एक महिना अघि घोषणा भएका हुन् । कम्पनीले सार्वजनिक गरेको रिपोर्टका अनुसार समस्याग्रस्त ७३७ म्याक्सको लागि कुनै पनि अर्डर आएको छैन ।

मार्चमा कम्पनीले २८ थान वाइडबडी ७७७ जेटको अर्डर पनि पाएको छ । म्याक्स १० को प्रमाणीकरण भइसकेको छैन । जनवरी ५ मा आकाशमा उडिरहेको समयमा अलस्का एयरलाइन्सको ७३७ म्याक्स ९ विमानको ढोकाको प्लग उडेको घटनापछि यो विमानको प्रमाणीकरणको म्याद पछाडि धकेलिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप