सुदर्शनको ‘रावायण’मा एक्सन अवतारमा देखिँदै पल
शुक्रबार, ३० चैत २०८०, १० : २३
काठमाडौँ । सुदर्शन थापाको निर्देशन रहने फिल्म ‘रावायण’मा अभिनेता पल शाह एक्सन अवतारमा देखिने भएका छन् । सधैँ चकलेटी र रोमान्टिक फिल्ममा देखिएका पललाई यो पटक आफूले एक्सन अवतारमा उतार्न लागेको निर्देशक थापाले बताए ।
फिल्मका लागि पल एक सातादेखि द्वन्द्व निर्देशक श्री श्रेष्ठसँग एक्सन सिकिरहेका छन् । पलको अहिले ‘पुजार सार्की’ फिल्म रिलिजको तयारीमा छ । २०८१ भाद्र २१ गते तिजको दिन रिलिज मिति तोकिएको फिल्म ‘रावायण’ वैशाखबाट छायाङ्कनमा जाँदै छ ।
सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा फिलम बन्न लागेको हो । फिल्ममा पलसँगै पूजा शर्मा, प्रियङ्का कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जगं शाही, शर्मिला मल्ल, प्रदीप ढकाल लगायतका कलाकारहरुको अभिनय रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
-
रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण