मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सभामा राप्रपा र लोसपा सांसद अनुपस्थित

शुक्रबार, ३० चैत २०८०, १५ : ५५
शुक्रबार, ३० चैत २०८०

बुटवल । लुम्बिनी प्रदेशसभा बैठकमा राप्रपा र  लोसपाका सांसदहरु अनुपस्थित भएका छन् । शुक्रबार प्रदेश सभामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले विश्वासको मतको प्रस्ताव पेस गरेका छन् । सो पार्टीको तटस्थ बस्ने रणनीति अनुसार आफूहरू बैठकमा अनुपस्थित भएको राप्रपा संसदीय दलका  नेता आसिस चौधरीले बताए ।

राप्रपाका लुम्बिनी प्रदेशमा ३ जना सांसद छन् ।  यस्तै लोसपाका सांसद पनि बैठकमा उपस्थित भएका छैनन् । लोसपाका ३ जना सांसद रहेका छन् । लोसपा यसअघि नेपाली कांग्रेसको सरकारमा सहभागी थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप