बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गोदरेजको नयाँ वर्ष अभियान : थटफूल न्यू इयर विसेस क्यासब्याक र  पक्का उपहार

शुक्रबार, ३० चैत २०८०, १९ : १७
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । घरेलु उपकरणको प्रख्यात ब्राण्ड गोदरेजले नयाँ वर्षमा ‘थटफूल न्यू इयर विसेस’ नामक अभियान सुरु गरेको छ ।

यस अभियान अन्तर्गत ग्राहकहरूले गोदरेजका घरायसी सामानहरू खरिद गर्दा रु ३०,००० सम्मको आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

थटफूल न्यू इयर विसेस योजना अन्तर्गत ग्राहकहरूले सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कुलरको खरिदमा आकर्षक क्यासब्याक, डबल डोर रेफ्रिजरेटरको खरिदमा सिजी फ्राइ प्यान वा क्यासरोल र साइड बाइ साइड डोर रेफ्रिजरेटरको खरिदमा सिजी मिक्सर ग्राइन्डर पक्का उपहार प्राप्त गर्न सक्नेछन् । त्यस्तै ग्राहकहरूले ट्वीन टप वा टपलोड वासिङ मेसिनको खरिदमा ३ लिटर एरियल र माइक्रोवेभको खरिदमा नि:शुल्क कुकिङ किट प्राप्त गर्न सक्नेछन् । गोदरेज एयर कन्डिसनरको खरिदमा ग्राहकहरूले नि:शुल्क स्थापना पाउन सक्नेछन् ।

यो योजना  चैत्र ३०, २०८० बाट सुरु भई नेपालभर सीमित अवधिको लागि लागू हुनेछ।

६६ वर्षको इतिहासका साथ, गोदरेजले हरेक घरपरिवारका आवश्यकताहरू पूरा गर्न विभिन्न खानाको तयारी, मौसम नियन्त्रण, कपडाको हेरचाह र सफाइ सम्बन्धित उत्पादनहरू प्रदान गर्दछ।

गोदरेज अप्लायन्सको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत EOL प्रा. ली रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप