मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सभा बैठकमा गृहमन्त्री रवि लामिछानेको आलोचना

सोमबार, ०३ वैशाख २०८१, २० : २२
सोमबार, ०३ वैशाख २०८१

बुटवल । लुम्बिनी प्रदेश सभाको सोमबार बसेको बैठकमा सङ्घ सरकारका गृहमन्त्री रवि लामिछानेको आलोचना गरिएको छ ।

गृहमन्त्री रवि लामिछानेले राप्रपाको शान्तिपूर्ण आन्दोलनमा आक्रमण गर्न प्रहरीलाई निर्देशन दिएको भन्दै प्रदेश सभा सदस्यले आलोचना गरेका हुन् । सहकारी ठगी प्रकरणमा मुछिएकालाई वरिपरि राखेर प्रधानमन्त्रीले कस्तो सुशासन कायम गर्न खोजेको भन्दै प्रश्नसमेत उठाइएको छ ।

राप्रपाकी सांसद मिना श्रेष्ठले चैत २७ गते काठमाडौँमा भएको राप्रपाको शान्तिपूर्ण आन्दोलनमा गृहमन्त्रीको आदेशमा प्रहरीले आक्रमण गर्दा आफ्नो पार्टीको कार्यकर्ताले ज्यान गुमाउनु परेको बताइन् ।

सबै जाने–बुझेको छु भन्ने गृहमन्त्रीले शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न कसरी आदेश दिए भन्दै उनले आक्रोश पोखिन् ।

सांसद खेम बहादुर सारूले स्थिर सरकारले मात्र प्रदेशको विकास गर्न सक्ने बताए । सांसद धनलक्ष्मी श्रेष्ठले प्युठानमा चैत अन्तिममा आएको हावाहुरीले घर तथा गोठ एवं किसानको टनेलमा क्षति भएको विवरण प्रस्तुत गर्ने सरकारले राहत दिन नसकेको भन्दै आलोचना गरिन् ।

सांसद चन्द्रकेश गुप्ताले लुम्बिनी सांस्कृतिक नगरपालिकामा अज्ञात समूहले गहुँ बालीमा आगो लगाइँदा किसान मर्कामा परेकाले क्षतिपूर्ति दिन प्रदेश  सरकारसँग माग गरे ।

सांसद निमा गिरीले प्रतिपक्षलाई होच्याउने काम नगर्न सत्ता पक्षलाई चेतावनी दिइन् । उनले कांग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप