तीन वर्षभित्र खोरेत मुक्त प्रदेश बनाउने कृषिमन्त्री खत्रीको घोषणा
विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले आगामी ३ वर्षभित्रमा कोशी प्रदेशलाई खोरेत मुक्त प्रदेश बनाउने घोषणा गरेका छन् ।
झापाको भद्रपुरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन उद्घाटन समारोहमा मन्त्री खत्रीले यस्तो घोषणा गरेका हुन् । उनले प्रदेशका १४ जिल्लामध्ये ६ जिल्लामा अझै पशु सम्बन्धी भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र नरहेको जानकारी दिए । ती जिल्लाहरूमा भवन निर्माणको लागि आफूले पहल गर्ने उनले बताए ।
त्यसक्रममा उनले कृषि मन्त्रालयले अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै ‘पढ्दै कमाउँदै गर्ने’ कार्यक्रम पनि ल्याउने, घरेलु मदिरा ब्राण्डिङ गर्ने र टुक्रे योजना नल्याउने घोषणा पनि गरे । प्रदेश सरकारले झापाको भद्रपुरमा एक करोड ७१ लाख ८७३ को लगानीमा भवन निर्माण भएको हो ।
पशुमा लाग्ने भाइरसजन्य खोरेत रोगका कारण दूधजन्य वस्तु निर्यातमा अवरोध भइरहेको बेला कोशी प्रदेश सरकारले भने यसको नियन्त्रणको लागि ‘महाअभियान’ सञ्चालन गर्ने तयारी गरेको थियो । सोही योजनाअनुसार तीन वर्षमा प्रदेशलाई खोरेत मुक्त गर्ने खत्रीले घोषणा गरेका हुन् । कोशी प्रदेशबाट विश्वका २५ मुलुकमा छुर्पी निर्यात भइरहेको छ ।
युरोपबाट पनि छुर्पीको माग भइरहेको छ । तर, खोरेत नियन्त्रण नभएको कारण ती देशहरूमा छुर्पी निर्यात हुन सकिरहेको छैन । अहिले कोशी प्रदेशका छ जिल्लामा खोरेत रोगको सङ्क्रमण देखिएको छ । जसमा मोरङ, सुनसरी, झापा, उदयपुर, खोटाङ र ओखलढुङ्गा रहेका छन् । यसबाहेक ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर र सोलुखुम्बुमा पछिल्लो पाँच वर्षयता खोरेतको सङ्क्रमण भेटिएको छैन ।
यस्तै इलाम र सङ्खुवासभामा तीन वर्षदेखि खोरेत सङ्क्रमण नदेखिएको मन्त्री खत्री बताउँछन् । ‘कोशी प्रदेशबाट ७ अर्ब रुपैयाँभन्दा बढीको छुर्पी र ७ अर्ब जतिको चिज विदेश निर्यात भएकोले यो क्षेत्रलाई सुरक्षित गर्नु अनिवार्य देखियो,’ उनले भने, ‘यसले कृषि र पशुपालन क्षेत्रमा धेरै ठुलो क्रान्ति गर्न सकिन्छ ।’ खोरेत नियन्त्रणको लागि सञ्चालन गर्ने तीन वर्षे अभियानका लागि ६० करोड रुपैयाँ लाग्ने कृषि मन्त्रालयले अनुमान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन
-
सुदूरपश्चिम सरकारले बजेट नसच्याए सरकार छाड्ने एमालेको चेतावनी
-
रास्वपा महाधिवेशनः मतदान भोलि
-
नेपालको सङ्घीय शासन प्रणालीलाई कसरी थप सक्षम, उत्तरदायी र जनमुखी बनाउन सकिन्छ ?
-
रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ कायम
-
बौद्धस्थित भाट–भटेनी सुपर स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण