गोकुल बास्कोटाले भने– दुई चार सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ
मङ्गलबार, ०४ वैशाख २०८१, ११ : ३७
काठमाडौँ । सत्ता गठबन्धनमा किचलो बढिरहेको बेला सत्तामा रहेको प्रमुख दल नेकपा एमालेका नेता गोकुल प्रसाद बास्कोटाले चुनाव पूर्व गठबन्धन गरी २–४ सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा मङ्गलवार आफ्नो धारणा दिँदै उनले अब एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानु पर्नेमा जोड दिएका छन् ।
पूर्व मन्त्री बास्कोटाले फेरि राजनीतिक कचिङ्गलमा मुलुक फस्ने देखिनुलाई दुखद भनेका छन् ।
‘सधैँको अस्थिरता किन र के का लागि’ उनले प्रश्न गर्दै लेखेका छन्, ‘समावेशी क्षेत्रलाई पनि प्रतिस्पर्धी बनाएर समेत एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानै पर्छ । चुनाव पूर्व गठबन्धन गर्ने, दुईचार सिट ल्याउने, सत्ता च्याँखे थाप्नेको पसल बन्द गरौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण