मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीनगरको झेलम नदीमा डुंगा पल्टिँदा ४ जनाको मृत्यु

मङ्गलबार, ०४ वैशाख २०८१, १२ : ०६
मङ्गलबार, ०४ वैशाख २०८१

कश्मिर । जम्मू कश्मीरको श्रीनगर नजिक लसजानमा झेलम नदीमा डुंगा पल्टिँदा चार जनाको मृत्यु भएको छ । यो घटना मंगलबार बिहान श्रीनगरको नौगाम क्षेत्रमा घटेको हो । श्रीनगरका जिल्ला आयुक्तले घटनाको पुष्टि गरेको भन्दै बीबीसी हिन्दीले समाचार छापिएको छ ।

श्रीनगरको एसएमएचएस अस्पतालका सुपरिटेन्डेन्टका अनुसार सात जनालाई अस्पतालमा ल्याइएको थियो । यीमध्ये चार जनाको मृत्यु भएको छ भने तीन जनाको उपचार भइरहेको बताइएको छ । 

घटनाको समयमा एसडीआरएफ टोली घटनास्थलमा भएकोले धेरैलाई सकुशल उद्धार गर्न सकिएको थियो । खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ । उक्त डुङ्गामा केही बालबालिका समेत रहेको स्थानीयले बताएका छन् । घटनाबारे विस्तृत जानकारी आइसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप