मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

महालेखा परीक्षकमा रायको नाम अनुमोदन

मङ्गलबार, ०४ वैशाख २०८१, १३ : ५६
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस भएका तोयम रायको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन भएको छ । 

मंगलबार सिंहदरबारमा भएको संसदीय सुनवाइका क्रममा रायको नाम अनुमोदन गरेको समिति सदस्य महेश बर्तौलाले जानकारी दिए । 

संवैधानिक परिषद्ले रायलाई गत चैत्र १८ गते महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको थियो । योसँगै राय राष्ट्रपतिबाट ६ वर्षे कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्त हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप