मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा अध्यक्ष दाहालको टिप्पणी : प्रधानमन्त्रीसँग नाम जोडिँदा वाक्कदिक्क भइसकेँ

मङ्गलबार, ०४ वैशाख २०८१, १७ : ३०
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आफ्नै बलबुताको भरमा आफू अघि बढ्दै आएको बताएका छन् ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी पाएको चर्चा भइरहँदा उनले अहिलेसम्म गरेको सबै आफ्नै बलबुताले भएको जिकिर गरेका हुन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री प्रचण्ड र आफूले २०२७ सालमा एकैदिन अनेरास्ववियुको सदस्यता लिएर राजनीति सुरु गरेको र आजसम्मसँगै काम गरेको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डलाई आफूले कुनैपनि राजनीतिक गतिविधिमा नछाडेपनि उनकै निगाहामा आफूलाई राष्ट्रिय सभाका अध्यक्ष बनाएको भन्ने टिप्पणी आफू वाक्क भएको प्रतिक्रिया समेत दिए । 

अध्यक्ष दाहालले आफूले राष्ट्रिय सभाको नेतृत्वमा रहेर कुनैपनि नराम्रो काम नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमालाई माथि उठाउने काममा सहयोग गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे । त्यस अवसरमा उनले आफ्नो एक महिने कार्यकाल भने सुखद् रहेको दाबी समेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप