मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

कांग्रेसद्वारा मधेस प्रदेशसभाको बैठक बहिस्कार

मङ्गलबार, ०४ वैशाख २०८१, २० : ३१
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसले मधेस प्रदेशसभाको बैठक बहिस्कार गरेको छ । प्रदेशसभा बैठक विधिसम्मत ढंगले नचलाइएको भन्दै कांग्रेसले बहिस्कार गरेको हो । 

कांग्रेसको विरोधका बिच मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मतसम्बन्धी प्रस्ताव अघि बढाएका छन् ।

यसअघि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले सत्ता पक्षका सांसदको हस्ताक्षर गराएको बताइएको छ । उनले ५ घन्टा भएको संसद् अवरोधका बिचमा सत्ता पक्षका सांसदको हस्ताक्षर गराएर संसद् बैठक सुचारु गरेको  प्रदेश सांसद श्याम पटेलले बताए । 

उनका अनुसार सभामुखले मुख्यमन्त्रीलाई विश्वासको मत दिने सांसदको हस्ताक्षर गराएर संसद् चलाएपछि कांग्रेससँगै जनमत पार्टी र लोसपाले पनि संसद् बैठक बहिस्कार गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप