प्रदेश
कांग्रेसद्वारा मधेस प्रदेशसभाको बैठक बहिस्कार
मङ्गलबार, ०४ वैशाख २०८१, २० : ३१
काठमाडौँ । नेपाली कांग्रेसले मधेस प्रदेशसभाको बैठक बहिस्कार गरेको छ । प्रदेशसभा बैठक विधिसम्मत ढंगले नचलाइएको भन्दै कांग्रेसले बहिस्कार गरेको हो ।
कांग्रेसको विरोधका बिच मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मतसम्बन्धी प्रस्ताव अघि बढाएका छन् ।
यसअघि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले सत्ता पक्षका सांसदको हस्ताक्षर गराएको बताइएको छ । उनले ५ घन्टा भएको संसद् अवरोधका बिचमा सत्ता पक्षका सांसदको हस्ताक्षर गराएर संसद् बैठक सुचारु गरेको प्रदेश सांसद श्याम पटेलले बताए ।
उनका अनुसार सभामुखले मुख्यमन्त्रीलाई विश्वासको मत दिने सांसदको हस्ताक्षर गराएर संसद् चलाएपछि कांग्रेससँगै जनमत पार्टी र लोसपाले पनि संसद् बैठक बहिस्कार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
-
कैलालीको गोदावरी वन क्षेत्रबाट गुल्टाइएको टेम्पुबारे वन कार्यालयले दियो यस्तो प्रस्टीकरण
-
सवारी दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवलदारको मृत्यु, २ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण